हालसम्म नुवाकोटमा कोभिड संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।
सङ्क्रमण र मृत्युदर कम हुँदै गएको जिल्ला अस्पताल त्रिशुलिमा हिजो बेलुका विदुर नगरपालिका वडा नं २ घर भएका ३८ बर्षिय पुरुषको मृत्यु भएको थियो । नुवाकोटमा पछिल्लो एकसाता यता कोभिडका सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ । गएको साता ९ सय सक्रिय संक्रमित रहेकोमा यो साता बढेर ११ सय पार गरेको हो ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ८६ जना कोरोना संक्रमित थपिए सँगै जिल्लामा रहेका सक्रिय कोरोना संक्रमितको संख्या ११ सय ५७ पुगेको हो । स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा २ सय एक जनाको पिसिआर परिक्षण गर्दा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ८१ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये ५१ जना विदुर नगरपालिकाका, १६ जना तादी गाउँपालिकाका र ७ जना लिखु गाउँपालिकाका रहेका छन् ।
यस्तै म्यागङ र बेलकोटगढी नगरपालिकामा समान ५-५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ५५ जना कोरोना कोरोनासङ्क्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म ३ हजार एक सय ९३ जना सङ्क्रमणमुक्त भएका छन् ।