पछिल्ला दिनहरुमा देशभरै कोरोना भाइरस सङ्क्रमितको संख्या घटिरहँदा काठमाडौं उपत्यकाका तीन जिल्लामा पनि सङ्क्रमण घटिरहेको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ६५३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाएको छ । मन्त्रालयका अनुसार आज काठमाडौंमा ४८३ भक्तपुरमा ५८ र ललितपुरमा ११२ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित घटेतापनि उपत्यकामा लगाइएको निषेधाज्ञाको अवधि भने थप १ साताको लागि बढाइएको छ । तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले आज (आइतबार ) निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । उनीहरुले वैशाख १९ गतेदेखि जारी निषेधाज्ञा असार ७ गतेसम्म जारी राख्ने जनाएका छन् ।