भोजपुरमा गाई काटेको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गाई काटेको आरोपमा भोजपुर नगरपालिका–४ एक्लेटोल बस्ने २६ वर्षीय पेम्बा तामाङ र सोही स्थानका ६० वर्षीय पूर्णबहादुर तामाङलाई पक्राउ गरेको हो ।
गाई काटेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सङ्खुवासभा सम्पर्क केन्द्र भोजपुरबाट चकित्सिक समेतको टोलीले शनिबार बिहान उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दका पुर्णबहादुर तामाङको ग्वाली घरबाट उनीहरूलाई अनुसार करिब १५० किलो गाईको मासु, टाउको र खुट्टासहित पक्राउ गरिएको हो ।
गाई काटेको आरोपमा पक्राउ परेका दुवै जना र घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी चन्दले जानकारी दिए ।