बाजुरामा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
जिल्लाको गौमुल गाउँपालिका–६ घर भई हाल बडीमालिका नगरपालिका–९ मार्तडी बस्दै आएका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको बिहीबार बिहान ५ बजे जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। कोरोना संक्रमणबाट मृत्यु भएका उनी दमको बिरामी रहेको अस्पतालले जनाएको छ।
योसंगै बाजुर जिल्लामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ।