कोरोना सङ्क्रमित भई सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जनाको मृत्यु भएको छ । बिपी प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोखरेलका अनुसार मृत्यु हुनेमा धरान उपमहानगरपालिका र रामधुनी नगरपालिकाका एक–एक जना रहेका छन् ।
धरान–८ का ६० वर्षीय वृद्धको बुधबार राति १०ः५० बजेतिर मृत्यु भएको छ । उनलाई जेठ २४ गते सङ्क्रमण पुष्टि भएको थियो । जेठ २५ गते उनी बिपी प्रतिष्ठानमा भर्ना भएका थिए ।
यस्तै, रामधुनी–९ का ७० वर्षीय वृद्धको आज बिहान ४ः२५ मिनेटमा निधन भएको छ । जेठ २० गते सङ्क्रमण पुष्टि भएका उनी २१ गते प्रतिष्ठानमा भर्ना भएका थिए । सहप्रवक्ता डा.पोखरेलका अनुसार मृतक दुवैको शव नियमअनुसार व्यवस्थापन गरिएको पनि छ ।