एजेन्सी । कुनै समय कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको राष्ट्र अमेरिकामा दैनिक थपिने कोरोना संक्रमितको संख्या निकै न्युन पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ५ हजार १४१ नयाँ संक्रमित भेटिएका छन् भने १४१ संक्रमितको मृत्यु भएको छ । अमेरिकामा हालसम्म संक्रमित हुनेको संख्या ३ करोड ४० लाख ४८ हजार ८०० रहेको छ ।
त्यसमध्ये २ करोड ७८ लाख ६३ हजार ६६५ संक्रमित निको भएका छन् । कोरोनाबाट हालसम्म ६ लाख ९ हजार ७६७ को मृत्यु भएको छ ।