चीन सरकारले नेपाललाई नि:शुल्क उपलव्ध गराउने भनेको २० हजार खाली अक्सिजन सिलिन्डर नेपाल आउने क्रम जारी छ । वैशाख २८ गते नेपाल एअरलाइन्सको विमानले पहिलोपटक ४ सय वटा सिलिण्डर नेपाल ल्याएको थियो ।
विमानबाट २ हजार र सडकमार्गबाट १८ हजार सिलिण्डर नेपाल ल्याउने भनिएकोमा अहिले ८ सय सिलिण्डर नेपाल चीन नाका तातोपानी आइपुगेका छन् ।
परराष्ट्र मन्त्रालयले एक ट्विट गर्दै ८ सय अक्सिलन सिलिण्डर, २ वटा आईसीयू बेड, ४५ वटा भेन्टिलेटर, १५ हजार एन्टिजेन किट लगायतका स्वास्थ्य सामाग्री तातोपानी आइपुगेको जनाएको छ ।