भारतमा कोरोना भाइरसको दोस्रो लहरले अर्थतन्त्रमा ठुलो असर नगर्ने बिश्लेषण गरिएको छ ।
भारतीय प्रमुख आर्थिक सल्लाहकार के भी सुब्रमानीएनले कोरोना भाइरसको दोस्रो लहरले मुलुकको अर्थतन्त्रमा ठुलो असर नहुने बिश्लेषण गरेका छन् ।
विश्वमै कोभिड १९ को दोस्रो लहरबारे सहि आंकलन गर्न नसकिएको भन्दै यसले भारतको अर्थतन्त्रमा ठुलो असर नगर्ने सुब्रिमानीएनले बताएका हुन् । माहामारीको बाबजुद पनि मुलुकको अर्थतन्त्रमा ठुलो असर भने नपर्ने उनले बताए ।
भारतमा विगत दुई बर्ष यता सरकारी स्वामित्वका बैकहरु अझ राम्रो अबस्थामा भएको उनले बताए । कोरोनाको दोस्रो लहरले थप आर्थिक क्षेत्र असर पार्ने त्रास रहेको बेला सरकारी स्वामित्वका बैंकहरु तथा सरकारले कोरोना असरलाई समाधान गर्न सक्ने आर्थिक सल्लाहकार सुब्रिमानीएनले बताए । स्रोत इकोनोमिक टाईम्स