पाकिस्तानमा ‘जवाफदेहीता’ अभियान, तत्कालीन प्रधानमन्त्री नवाज शरीफलाई हटाएर सुरू गरिएको थियो । यो आफैंमा एक प्रहसन थियो र समयले यो प्रमाणित गर्यो कि यसको एक मात्र उद्देश्य शरीफ र उसको पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएलएन) लाई सत्ताबाट हटाउनु थियो ।
शरीफ र उनका सहयोगीहरूलाई विवादास्पद मुद्दामा तानेर, मरियम नवाज र शाहबाज शरीफहरुको चरित्रलाई बदनाम गराउने गरी नवाजलाई सजाय दिनेदेखि लिएर प्रधानमन्त्री इमरान खान र उनका समर्थकहरूले पीएमएलएनसँग राजनीतिक प्रतिशोध साँध्नका लागि एकाउन्टिबेलिटी ब्यरोलाई सक्रिय बनाएको प्रमाणित भएको छ ।
संघीय अन्वेषण एजेन्सी (एफआईए) का सेवानिवृत्त महानिर्देशक बशीर मेमनले प्रधानमन्त्री इमरान खानले कसरी मरियम, ख्वाजा असिफ र न्यायमूर्ति काजी फेज ईसालाई चार्ज गर्न दबाब दिन खोजेका थिए भनेर खुलासा गरेका छन् । उनले अदालतलाई नवाज शरीफ, मरियमलगायतका नेताहरुलाई कारबाहीका लागि दबाब दिएको र कारबाहीको आदेश नगरे उनीमाथि नै कारबाही गर्ने चेतावनी दिएका थिए ।
यद्यपि जनताको लागि एक पूर्व डीजी (एफआईए) ले एक राष्ट्रिय टेलिभिजन च्यानलमार्फत तत्कालिन प्रधानमन्त्री र आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई बनावटी मुद्दामा कारबाही गर्न दबाब दिएको बताएका छन् ।
प्रहरी र एफआईएमा सेवाको लामो करिअरमा राम्रो नाम कमाएका मेमनले “जवाफदेही व्युरो ” बोक्सीको शिकार भएको आरोप लगाएका छन् । उनले विरोधीहरुलाई तह लगाउनका लागि काम गर्न दबाब दिन थालेपछि आफूले प्रारम्भिक अवकाश लिएको समेत बताएका छन् ।
उनले प्रधानमन्त्री खानले इशालाई समेत कारबाही गर्न उनीविरुद्ध मुद्दा दर्ता गर्नका लागि दबाब दिएका थिए । तर, जवाफदेही ब्युरोले भने उनीविरुद्ध मुद्दा दर्ता गर्नका लागि आवश्यक प्रमाणहरु नपुगेको भन्दै खारेज गरिदिएको थियो ।