बेलायतका प्रधानमन्त्री बोरिस जनसनले आफू भन्दा तेइस वर्ष कम उमेरकी क्यारी साइमन्डससँग वेस्टमिनिस्टर कयाथड्रलमा गुपचुप आयोजना गरिएको समारोहमा बिहे गरेका छन् ।
प्रधानमन्त्री जनसनका निकटतम मित्र र परिवारका सदस्यहरूको उपस्थितिमा यो बिहे भएको त्यहाँका केही अखबारहरूले जनाएका छन्े ।
प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले यसबारे टिप्पणी गर्न इन्कार गरेको छ ।
काम तथा निवृतिभरण मन्त्री टेरेसे कफीको ट्वीटमा प्रधानमन्त्री जनसन र क्यारी साइमन्ड्सलाई उनीहरूको बिहेको शुभकामना दिइएको छ ।
आइतबारको द मेलले बिहेमा ३० जना अतिथिहरूलाई तत्कालको जानकारी दिइ बोलाइएको थियो । कोभिड–१९को रोक आदेश अनुसार धेरै ठूलो संख्याको सहभागितामा बन्देज लगाइएको छ ।
३३ वर्षीया साइमन्डस ५६ वर्षीया जनसनलाई रोमान्टिक सम्बन्धमा बाँधिएको पहिलो पटक सन् २९१९को सुरुमा मिडियामा खबर आएको थियो ।
बिहेमा साइमन्डस सेतो पोशाकमा आएको बीबीसीको समाचारमा उल्लेख गरिएको छ ।