नेकपा (एमाले) का पूर्व नेता डा.भीमबहादुर रावलले वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागेको भन्दै गरेको ट्वीट सर्वत्र आलोचनापछि अन्तत: हटाएका छन् ।
नाका बन्द रहेको अवस्थामा कसरी भारतीय नेपाल आए भन्ने प्रश्नसहित नेताले नै भ्रम फिजाउने काम गरेको भन्दै चर्को आलोचना भएपछि नेता रावलले उक्त ट्वीट हटाएका हुन् ।
यस बिषयमा प्रष्ट पार्दै समाचारलाई आधार मानेर ट्वीट गरेको तर त्यो समाचार पुरानो रहेको भन्ने बिषयमा आफू अनविज्ञ रहेको उनले बताए ।
उनले पुरानो ट्वीट हटाउँदै लेखेका छन्, मैले विरगंजमा नागरिकता लिनेको भीड देखियो भन्ने समाचार आयो सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन । सरकारले प्रष्ट पारे भइहाल्यो। तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनु हुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु।’