जनता समाजवादी पार्टी जसपाका संसदीय दलका नेता राजेन्द्र महतो भारतीय दूतावासमा प्रवेश गरेका छन्।
उनी बिहान पौने ११ बजे लैनचौरस्थित भारतीय दूतावासमा प्रवेश गरेको स्रोतले बताएको छ ।
यसअघि गत वैशाख ३० गते प्रधानमन्त्रीमा केपी शर्मा ओली निरन्तर हुने निश्चित भएपछि आफ्ना सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा राखेर जसपाका अध्यक्ष महन्थ ठाकुरसँगै महतो भारतीय दूतावास छिरेको समाचार प्रकाशित भएको थियो ।
पछिल्लो समयमा केपी शर्मा ओलीको साथमा रहेका यी नेताहरुलाई निरन्तर भारतीय दुतावास जानुलाई चासोको साथ हेरिएको छ ।
पछिल्लो समय नेपाल दक्षिणी छिमेकी मुलुकसँग आफ्नो सम्वन्ध विस्तार गरिरहेको र उत्तरी छिमेकीलाई वेवास्ता गर्दै आइरहेको चर्चा सुरु भएको छ ।