नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ड पुगेका छन् । कांग्रेस पदाधिकारी बैठक सकिएलगत्तै देउवालाई भेट्न दाहाल बुढानीलकण्ड पुगेका हुन् । नयाँ सरकार गठनको समय छोटिंदै जाँदा दलहरुको दौडधूप जारी छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रचण्डसँग नेता नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् ।
देउवाको निवासमा हुने सर्वदलीय छलफलमा सहभागी हुन दाहाल बुढानीलकण्ठ पुगेका हुन् । कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका बेला दाहाल पुगेका हुन् ।
त्यसअघि देउवा निवासमा कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । कांग्रेसले सम्भावित सबै विकल्पमा दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । यसैगरी शुक्रबार बिहानै जसपाको महन्थ ठाकुर पक्षले आफू निकट सांसदहरुसँग पछिल्लो परिस्थितिबारे छलफल गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेकी छन् ।