राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ ।
स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन् । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । मतभार अनुसार देवकोटाको कलम चिन्हले २ हजार ३०८ मत पाएको छ भने बादलको सूर्य चिन्हले १ हजार ८५४ मत पाउँदा नेमकिपाको कृष्णबहादुर तामाङको मादल चिन्हले ३६ मत पाएको छ ।
मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ । बागमती प्रदेश सभामा ११० सांसदको ५ हजार २८० र ११९ स्थानीय तहका २३८ प्रतिनिधिको ४ हजार २८४ गरी जम्मा ९ हजार ५६४ मतभार छ ।
उपनिर्वाचनमा एमालेका तर्फबाट रामबहादुर थापा, विपक्षी गठबन्धनका तर्फबाट एमालेकै माधव नेपाल निकट डाक्टर खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिष्पर्धामा छन् ।