नेपालमा वितेको २४ घन्टामा ५ हजार ४५५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।
वितेको २४ घन्टामा १७ हजार ९७१ जनाको पिसिआर परिक्षणबाट ८ हजार ४६ र ५७७ एन्टिजेन परिक्षणबाट १२१ गरी कूल ८ हजार १६७ जनामा भाइरसको सङ्क्रमण देखिएको छ ।
थप १८७ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८५६ पुगेको मन्त्रालयले जनाएको छ ।