नेपालमा वितेको २४ घन्टामा अहिलेसम्मकै बढी सङ्क्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार १३५ जना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।
तथ्यांकलाई विश्लेषण गर्दा कूल सङ्क्रमितमध्ये ७४ दशमलव ५२ प्रतिशत निको भएका छन् भने १ दशमलव ०६ प्रतिशतले ज्यान गुमाएका छन् ।
मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका प्रयोगशालामा २० हजार ९८४ जनाको पिसिआर र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा क्रमस ८ हजार ४६७ र ५३ गरी कूल ८ हजार ५२० जनामा सङ्क्रमण देखिएको छ ।
योसहित कूल सङ्क्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । आज थप २०३ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ ।