कोरोना भाइरस सङ्क्रमण भएर उपचार गराइरहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैरेको निधन भएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका गैरेलाई एक हप्ताअगाडी कोरोना संङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमण भएर अक्सिजन लेभल ६० भन्दा तल झरेपछि उनलाई ह्रयाम्स अस्पतालको ईमर्जेन्सीमा भर्ना गरिएको थियो स्वास्थ्यमा थप जटिलदा आएपछि त्यहाँ आईसीयू उपलव्ध हुन नसकेपछि उनलाई थप उपचारको लागि काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएकोमा बिहीबार निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।