वितेको २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार ५ सय भन्दा बढीमा सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालालामा २० हजार २४५ जनाको नमूना परीक्षण गर्दा भेटिएका ८ हजार ९६० सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा ३ हजार ५६२ जना छन् ।
आज भक्तपुरमा ३४८ ललितपुरमा ४८१ र काठमाडौंमा २ हजार ७३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसहित काठमाडौं उपत्यकामा तीन जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ४२ हजार नाघेको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंमा ३१ हजार ७३ भक्तपुरमा ४ हजार ५७३ र ललितपुरमा ६ हजार ८४० गरी कूल ४२ हजार ६६६ सक्रिय सङ्क्रमित उपत्यकामा तीन जिल्लामा रहेका छन् ।
तीमध्ये कति जना होम आइसोलेशनमा र कति जना संस्थागत आइसोलेशनमा छन् भन्ने तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छैन ।