गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको निधन भएको छ ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा आज ५ सय बढी सङ्क्रमित थपिएका छन् । तीमध्ये कास्की मात्रै २१० जना सङ्क्रमित थपिएका हुन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जारी गरेको विज्ञप्ती अनुसार कूल १ हजार ३ जनाको परीक्षण गर्दा ५०६ जनामा सङ्क्रमण पुष्टी भएको छ । मुस्ताङ र मनाङ्ग बाहेक प्रदेशका ९ जिल्लामा परीक्षण गरिएको हो ।
बाग्लुङमा ११९, कास्कीमा २१०, नवलपरासी पूर्वमा ९१, गोरखामा २, स्याङ्जामा १६, पर्वतमा ११, म्याग्दीमा २८, तनहुँमा २७ जना सङ्क्रमित भेटिएका छन् ।
अहिलेसम्म गण्डकी प्रदेशमा २५ हजार ९४३ जनामा संक्रमण देखिएकोमा १८ हजार ६०४ जना संक्रमणमुक्त भएका छन् भने ३१८ जनाले ज्यान गुमाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ३१ रहेको छ । सक्रिय संक्रमितमध्ये ६ हजार ८६८ जना होम आइशोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घन्टामा १४५ जना भाइरसमुक्त भएका छन् ।