वैशाख ३१ गते शुक्रबार प्रदेश नम्बर १ भर सार्वजनिक विदा हुने भएको छ ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज एक सूचना जारी गर्दै वैशाख ३१ गते ईस्लाम धर्मावलम्बीहरुको पर्व ईद, (इदुल्ल फित्र) परेको हुनाले उक्त दिन प्रदेश भरि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा हुने जनाएको छ ।
कोरोना सङ्क्रमणको साङ्लो तोड्नको लागि प्रदेश १ का १४ जिल्लामध्ये खोटाङ र तेह्रथुम बाहेक अन्य १२ जिल्लामा निषेधाज्ञा जारी छ ।
निषेधाज्ञा जारी भएतापनि अत्यावश्क कामको लागि सरकारी कार्यालयहरु भने खुल्ला रहेतापनि प्रदेश सरकारले शुक्रबार सार्वजनिक विदा दिएको हुनाले उक्त दिन सो प्रदेशका १४ वटै जिल्लाका सरकारी कार्यालय तथा सार्वजनिक निकाय विदा हुने मन्त्रालयका सूचना अधिकारी विजय कुमार मगरले बताए ।