भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् ।
मङगलबार दिउँसो सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त्त कुरा बताएका हुन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।’
नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएपछि ट्विटरमा ओलीको पक्ष र विपक्षबीच दोहोरी चलिरहेको छ । पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् ।
According my knowledge about Nepal, Oli was India’s choice. If Prachanda become PM then China has won
— Subramanian Swamy (@Swamy39) May 11, 2021