पछिल्लो २४ घण्टामा कैलालीमा थप ९ जना कोरोना संक्रमितको ज्यान गएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ की ६१ वर्षीया महिला, धनगढीकै वडा नम्बर १ की ५० वर्षीया महिला, धनगढी–५ का ४३ वर्षीय पुरुष, धनगढी–४ का ८१ वर्षीय पुरुष, धनगढी–१२ की ५० वर्षीया महिलाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–६ की ४२ वर्षीया महिला, बर्दगोरिया गाउँपालिका–६ का ६१ वर्षीय पुरुष, बर्दगोरियाकै वडा नम्बर २ का ५७ वर्षीय पुरुष र कञ्चनपुरको पुर्नवास नगरपालिका–११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी शिवराज जोशीले केटिएम दैनिकलाई बताए ।
कोरोना सङ्क्रमितको संख्या तिब्र रुपमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख ३० गते मध्यरातसम्म निषेधाज्ञा जारी राखेको छ । सङ्क्रमणको साङ्लो तोड्न भन्दै देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएतापनि दैनिक सङ्क्रमण र मृत्युको ग्राफ बढिरहेको छ ।