पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार १९ हजार ९८७ जनाको पिसिआर परिक्षणबाट ९ हजार २३ र ४९५ जनाको एन्टिजेनबाट १७३ गरी कूल ९ हजार १९६ जनामा सङ्क्रमण देखिएको हो । आज ५० जनाले ज्यान गुमाएका छन् भने २ हजार ९०५ जना निको भएका छन् ।
बिहीबार ९ हजार ७० जनामा सङ्क्रमण देखिएको थियो भने ५४ जनाले ज्यान गुमाएका थिए ।
पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ सरकारले सङ्क्रमणको साङ्लो तोड्नको लागि देशका विभिन्न जिल्लाहरु निषेधाज्ञा जारी गरेपनि सङ्क्रमण घट्न सकिरहेको छैन।