वितेको २४ घन्टामा देशभर ५४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार योसहित अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ५२९ पुगेको छ ।
मन्त्रालयले आज पिसिआर परिक्षणबाट ८ हजार ९७० र एन्टिजेनबाट १०० गरी कूल ९ हजार ७० जनामा सङ्क्रमण देखिएको छ ।
आज २ हजार ७०७ जना सङ्क्रमण मुक्त भएसँगै अहिलेसम्म २ लाख ९२ हजार ४९० सङ्क्रमण मुक्त भएका छन् ।