सुनसरीको इटहरीमा नग्न अवस्थामा एक पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार बिहीबार बिहान इटहरीको ट्याङ्ग्रा खोलानजिकै नग्न अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
उनका अनुसार पुरुषको कुटपिटबाट मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ । अन्दाजी ३० वर्षका पुरुष सडकपेटीमा बस्ने मानवजस्तो देखिएको उनले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।