कोभिड १९ महामारी बिरुद्ध लड्न अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले सामाजिक सञ्जालमार्फत् अमेरिकी घोषणाबारे जानकारी गराएका छन् ।
राजदूत बेरीले ट्वीटरमार्फत् अमेरिकी सहयोग निकाय(यू एस एड)को कार्यक्रम अतिरिक्त कोभिड बिरुद्ध लड्न उक्त अतिरिक्त अनुदान उपलब्ध गराउने उल्लेख गरेका छन् । उनले लेखेका छन्, “हामी नेपाल र नेपालीको लामो समयदेखिको मित्र हौं, भाइरसबाट गहिरो रुपमा संघर्षरत् नेपालको यस लडाईमा अमेरिका ऐक्यबद्धता जनाउन चाहन्छ ।”
यूएस एडले उक्त अनुदान आपातकालीन प्रयोगका लागि उपलब्ध गराइने जनाएको छ ।
The US is donating an additional $8.5 million to Nepal for #COVID19 relief. We've been a longtime friend of ??& Nepalis. As a nation that has deeply struggled w/ this virus, the US stands in solidarity w/ Nepal as it faces COVID-19's ruthlessness.
Together, we will #beatthevirus. pic.twitter.com/gsx6KIv6Jy— Ambassador Randy Berry (@USAmbNepal) May 1, 2021