सेती प्रादेशिक अस्पतालमा पछिल्लो समय कोरोना सक्रमितको मृत्युदर बढ्दै जान थालेको छ । वैशाख महिनाको हाल सम्म १६ जनाले ज्यान गुमाइसकेका छन् ।
वैशाख ४ गते १ जना, १० गते १ जना, १२ गते २ जना १३ गते १ जना, १४ गते १ जनाले ज्यान गुमाएका हुन् । त्यो सख्या बढेर एकै दिन १६ गते ६ जनाले ज्यान गुमाए भन्ने १७ गते २ जना र १८ गते १ जनाले ज्यान गुमाएको अस्पतालले जनाएको छ ।
कोरोनाबाट ज्यान गुमाउनेमा सबै भन्दा धेरै धनगढी उपमहानगरपालिका ३ जना,गोदावरी,गौरीगंगा नगरपालिकाका १-१ जना, घोडाघोडी, लम्किचुहा र टिकापुरका नगरपालिकाका २-२ जना, बर्दगोरीका गाउँपालिका १ जना रहेका छन् । यस्तै कञ्चनपुर भिमदत्त नगरपालिका १ जना,बेदकोट र अछामका १-१ जना रहेको अस्पतालले जनाएको छ ।
कोरोना सक्रमितहरु जटिल अवस्थामा मात्रै अस्पताल आउने गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले केटिएम दैनिकसँग बताए । ‘जटिल अवस्थामा आउँदा सक्रमितको फोक्सो खराब भइसकेको हुन्छ, ‘उनले भने श्वासप्रश्वासमा समस्या भएर कडा खालको निमोनिया भएर मृत्यु भएको छ । ’
‘मृत्यु भएकोमा दीर्घ रोगीहरूको संख्या कम छ, ‘उनले भने केही नभएर फोक्सो खराब भएका हरू धेरै छन् ।’ कोरोना संक्रणका कारण हालसम्म सेती अस्पतालमा ४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको अस्पतालले जानकारी दिएको छ ।