दोस्रो लहरको कोरोना संक्रमणको हटस्पटको रुपमा रहेको छिमेकी मुलुक भारतमा एकैदिनमा ४ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छत ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ४ लाख १ हजार ९९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै सोही अवधिमा ३ हजार ५२३ जनाको निधन भएको छ ।
गत फ्रेबुअरीदेखि अहिलेसम्म ७७ लाख व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् । पहिला ७७ लाख संक्रमण हुनको लागि ६ महिना समय लागेको थियो ।
अहिलेसम्म भारतमा १ करोड ९१ लाख ६४ हजारमा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ करोड ५६ लाख ८४ हजार संक्रमणमुक्त भएका छन् भने २ लाख ११ हजार ८५३ जनाले ज्यान गुमाएका छन् ।