पछिल्लो २४ घण्टामा कञ्चनपुरका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष, भीमदत्त नगरपालिका–१४ की ४८ वर्षीया महिलाको महाकाली अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोवीन्द रोकायाले केटिएम दैनिकलाई बताए ।
उनीहरुको संक्रमणपछि केही दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो। दुवैको शुक्रबार राति मृत्यु भएको उनले जानकारी दिए । त्यस्तै भीमदत्त नगरपालिका–१८ का एक ६८ वर्षीय पुरुषको होमआइशोलेसन मृत्यु भएको छ । कोरोना संक्रमित ती पुरुषको पनि शुक्रबार राति नै मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति डाक्टर रोकायाले बताए ।