मानिसले रिसाएको बेलामा आँखा देख्दैन्न अथवा बेद पढेर बस्दैन भन्ने उखान नेपाली समाजमा व्याप्त रहेको छ । सौतासँग गएर आफूलाई धोका दिएको रिसमा जेठी श्रीमतीले आफ्ना श्रीमानको लिं ग टोकेर चुँडाइदिएकी छिन् । यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् ।
पूर्वी युगाण्डाको बुगवेरी जिल्लाका मुकाएर बसिर नामका व्यक्ति एक रात अन्तै बसेर सोमबार फर्किएपछि उनकी ३८ वर्षकी श्रीमती असिफा नाकागालोले बसिरको गुप्तां गमा दाँत गाडेकी थिइन् ।पीडितलाई अस्पताल लगिएको भए पनि उनको चुँडिएको लिं ग ‘मृत’ भइसकेकोले डाक्टरहरुले त्यसलाई पुनः जोड्न सकेनन् ।
अब ४९ वर्षका बसिरले बाँकी जीवनमा कहिल्यै यौ नसम्बन्ध राख्न सक्ने छैनन् र उनले पिसाब गर्नको लागि पनि क्याथेटरको सहयोग लिनुपर्नेछ । समाचारअनुसार आफ्ना पति घर नफर्किएकोमा नाकागालो आक्रोशित थिइन् त्यसैले उनले पनि घर फर्किनासाथ आ क्रमण गरेकी थिइन् । द वर्ल्ड नेटका अनुसार बसिरले आफ्नी अर्की श्रीमती गर्भवती भएकोले आफू राती उनीसँगै बसेर बिहान मात्र फर्किएका थिए ।
मुकाएरको उपचार गरिरहेका डा. सुनाका अनुसार अब उनी बाँकमी जीवनमा यौ न सम्बन्धका लागि असक्षम हुनेछन् । अब उनले बाँकी जीवनमा पिसाब फेर्न पनि क्याथेटरको सहायता लिनुपर्ने डाक्टरले बताए । बुसोका इस्ट पुलिस स्टेशनका प्रवक्ता जेम्स मुबीले घटनाको पुष्टि गर्दै आरोपी महिला फरार रहेको बताएका छन् । पुलिसले उनको खोजी गरिरहेको छ ।