नायिका जेबिका कार्की पछिल्लो समय म्यूजिक भिडियोमा काम गरिरहेकी छिन् । केही चलचित्रमा काम गरेपनि उनको करिअर सुखद भने देखिएको छैन । जेबिकाले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो कमाई नगर्दा उनलाई समस्या परिरहेको छ । यसैले पनि उनी मेकरको रोजाइको नायिका भने बन्न सकेकी छैनन् ।
म्यूजिक भिडियोमा भने उनी व्यस्त देखिएकी छिन् । उनै, जेबिका केही दिन अगाडि काठमाडौँमा आयोजना भएको नेफ्टा फिल्म अवार्डमा पुगिन् । यो अवार्डमा उनले नृत्य प्रस्तुती समेत दिएकी थिइन् ।
तर, अवार्ड समारोहमा उनी बोल्ड बनेर पुग्दा धेरैको ध्यान खिचिन् । ११ केजीको पहिरन लगाएर पुगेका कारण पनि जेबिकालाई पहिरन सम्हाल्नै धौ धौ परिरहेको थियो ।
चलचित्र ‘पर्व’मा जेविका र नायक कोशिश क्षेत्रीको रोमान्टिक दृश्य छ । जेविका त्यसलाई सरप्राइजको रुपमा लिन आग्रह गर्छिन् । एक युट्युव च्यानललाई दिएको अन्तरवार्तामा उनले नम्रता श्रेष्ठले अभिनय गर्दा ‘स्विच अन र अफ’ हुने समेत सुनाइन् । उनले आफूलाई खगेन्द्र लामिछानेसँग रोमान्स गर्न मन लागेको जेविकाले चाहना व्यक्त गरिन् ।
हेरौं केही तस्विरहरु