माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेकपा एमालेका नेता भिम रावल प्रवेश गरेका छन् । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा सो पार्टीको स्थायी कमिटीको बैठक चलिरहँदा नेता रावल त्यहा पुगेका हुन् ।
उनी त्यहाँ पुगेको समाचार संकलनका लागि पेरिस डाडा पुगेका केटिएम दैनिकको संवाददाताले बताए । कुनै पनि पार्टीको बैठक चलिरहेका बेला विगतमा सँगै सहकार्य गरेका अर्को दलका नेता पुग्नुलाई अनौठो मानिएको छ ।
एमालेका नेता रावल माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा छिरेर केही समयपछि बाहिरिएका हुन् । उनले पार्टी कार्यालय बाहिर सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिइकनै हिडे ।