भारतका एक १० वर्षीय बालक एक दुर्लभ स्वास्थ्य समस्यासँग जुध्दैछन्। हरेक महिना नयाँ छाला पलाउने समस्याका कारण उनी एक ‘मानव साँप’ जस्तै भएका छन्।
जगन्नाथ भनेर चिनिने यी बालक दुर्लभ आनुवंशिक छालाको समस्याबाट ग्रसित छन्। बताइएअनुसार, जगन्नाथलाई लेमेलर इचिथियोसिस नामक स्वास्थ्य समस्या छ।
लेमेलर इचिथियोसिसले छालाको विकास छिटो हुने, छाला सुख्खा हुने, छाला झर्ने र नयाँ छाला पलाउने हुन्छ। यस समस्याले जगन्नाथले एक सर्प जस्तै भएका छन्।