प्रधानमन्त्री ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको उनले बताए ।
मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उहाँले पहिलो चरणमा अग्रभावमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना साबधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरेका छन् ।
बिहीबार कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप बिहीबार मध्यान्ह एयर इन्डियाको विमानमा नेपाल आइपुगेको हो । यो पहिलो चरणमा भारतले उपलब्ध गराएको खोप हो ।
नेपालका लागि भारतीय राजदूतले विमानस्थलमै नेपाललाई खोप हस्तान्तरण गरेका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा खोप अभियान सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।