कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको भारतको सिरम इन्स्टिट्युटमा आगलागी भएको छ ।
भारतीय संचार माध्यमका अनुसार सिरम इन्स्टिट्युटको पुणे प्लान्टको टर्मिनल १ गेटमा आगलागी जारी छ । भवनको पाँचौ र छैठौं तलामा आगलागी जारी रहेको बीबीसी हिन्दीले जनाएको छ ।
हाल आगलागी नियन्त्रणमा लिन १० वटा दमकल तथा दर्जनौं अग्निनियन्त्रक खटाइएको छ । सिरम इन्स्टिट्युट अफ इन्डियाले अक्सफोर्ड–एस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोरोनाविरुद्धको खोप कोभिशिल्ड उत्पादन गरिरहेको छ ।
सिरम इन्स्टिट्युट विश्वमै सबैभन्दा ठूलो खोप उत्पादन गर्ने कम्पनी हो । भारत नेपाल मात्र नभएर विश्वका कैयौं देश भ्याक्सिनको लागि यस कम्पनीमा निर्भर छन् । एजेन्सी
#WATCH Maharashtra: 10 fire tenders present at Serum Institute of India in Pune, where a fire broke out at Terminal 1 gate. More details awaited. https://t.co/wria89t22t pic.twitter.com/u960KTR7JS
— ANI (@ANI) January 21, 2021