भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा उत्पादन भएको कोरोनाविरुद्धको खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हुने दृढ प्रतिवद्धता व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्रीले नेपाललाई भारतमा प्रयोग गरिएका दुई वटा खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
आगामी साता उक्त खोपहरु आपूर्तिको तालिका घोषणा गरिने भएको छ । प्रधानमन्त्री मोदीको यो प्रतिवद्धता नेपालभारत संयुक्त आयोगको छैटौँ बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित बैठकमा भारतीय सकमक्षी एस जयशंकरले व्यक्त गरेका थिए ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका आलोचकहरुले परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई नकारात्मक रुपमा टिप्पणी गरिरहेका समयमा परराष्ट्रमन्त्री ज्ञवालीले भने आफ्नो कूटनीतिक वार्ता र मर्यादाले गर्दा भारतीयहरुलाई प्रभावित पारेका छन् ।
जनवरी १६ मा प्रधानमन्त्री मोदी कोरोनाविरुद्धको खोपको शुरुवातका लागि व्यस्त रहेकोले परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न सकेनन् । प्रधानमन्त्री मोदीकै आग्रहमा आफूपछिको वरीयतामा रहेका भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग परराष्ट्रमन्त्री ज्ञवालीले भेट गरेका थिए ।
भारतले भुटान, बंगलादेश, म्यानमार, माल्दिभ्स जस्ता मुलुकहरुलाई पनि खोप उपलब्ध गराउने प्रतिवद्धताको प्राथमिकतामा राखेको छ । भारतले छिमेकी मुलुकहरुलाई सहयोगका गर्नका लागि आपत्कालीन प्रयोगमा आएका खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको हो ।