लागूऔषध ब्राउन सुगरसहित झापाको मेचीनगरमा एक दम्पत्ति पक्राउ परेका छन् । उनीहरु मेचीनगर –१३ चारआलीबाट बुधबार दिउँसो पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मेचीनगर–१ बाहुनडाँगीका सुजन राजपूत र उनकी श्रीमती पूजा मगर रहेका छन् । उनीहरुका साथमा १० ग्राम ब्राउनसुगर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको छ ।
त्यस्तै आज बिहीबार झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय ४१ बर्षीय दिनेश कुमाललाई ४ ग्राम लागूऔषध ब्राउनसुगर र नगद ४ हजारसहित तथा ४३ बर्षीय शेषराज सापकोटालाई १० ग्राम ब्राउनसुगर, कोडिन ३ बोतल, नाईट्रोजन २० चक्की, डिजिटल तराजु १ थान र मोवाइल थान २ सहित आज दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान् गरिरहेको छ ।