पूर्वमन्त्री तथा सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका नेता गोकर्ण विष्टलाई मातृशोक परेको छ । विष्टकी आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा निधन भएको हो । विष्टकी आमाको गुल्मी, इस्मास्थित घरमा मंगलबार निधन भएको हो ।
गोकर्ण विष्ट को जन्म बुवा भिम बहादुर बिष्ट र आमा चिन्ता कला बिष्टको कोखबाट सन् १९६५ जूलाइ १ मा गुल्मी जिल्ला मा भएको हो । उनी नेकपा नेता हुन् । उनी ऊर्जा मन्त्री रहँदा सम्पूर्ण बक्यौता रकमहरू नेपालका सरकारी निकायबाट उठाउन लगाएका थिए । खासगरी संविधान जारी हुनुअघि छोटो समय झलनाथ खनाल नेतृत्वको सरकारमा उर्जमन्त्री रहँदा विष्टले बिजुलीको महसुल नतिर्नेहरूविरूद्ध लाइन काट्नेदेखि कतिपय सुधारका कदमहरू चालेर प्रशंसा कमाएका थिए।
आमाको मृत्यु पछि उनले सामाजिक संजाल फेसबुकमा एउटा भावुक स्टाटस लेख्दै भनेका छन्, आज मलाई जन्मदिने आमालाई सधैका लागि गुमाएको छु । आमाको अभावमा हुने पीडा शब्दमा व्यक्त गर्नै सकिन । आमा, हजुरले बाल्यकाल देखि समाजको हितमा लाग्न दिनुभएको प्रेरणालाई म सदैव पछ्याइरहनेछु ।