नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार वितेको २४ घन्टामा ४ हजार २८६ जनाको नमूना परिक्षण गर्दा १६० पुरुष र ९९ महिलासहित २५९ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । जसमध्ये २ लाख ५८ हजार ४४१ जना भाइरसमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ५१३ जना कोरोनामुक्त भएका हुन् ।
हालसम्म १९ लाख ८२ हजार २ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ मा झरेको छ । जसमध्ये गम्भिर अवस्थाका १९१ जनालाई आईसीयू र ४४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।
आज भेटिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा ७८ पुरुष र ४८ महिलासहित कूल १२६ जना छन् ।