भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कडा लकडाउन गर्ने संज्ञा दिएका छन् । मोदीले बिहिबार कोरोनाभाइरसको कारण भारतले पनि ठूलो जोखिम मोलेको बताएका हुन् ।
भारतमा भएको भिडियो कन्फरेन्सिङमार्फत् गुजरातको राजकोटमा एम्सको शिलान्यासको अवसरमा उनले उक्त्त कुरा बताएका हुन् ।
उनले कोरोनाबाट पीडित मानिसहरुललाई बचाउने भारतको रेकर्ड संसारको सबैभन्दा उत्कृष्ट भएको बताउँदै संक्रमणको मामिलामा पनि भारत अब लगातार ओरालो लागिरहेको बताएका छन् ।
पहले मैं कहता था दवाई नहीं तो ढिलाई नहीं लेकिन अब मैं फिर से कह रहा हूं दवाई भी कड़ाई भी। कड़ाई भी बरतनी है और दवाई भी लेनी है। दवाई आ गई तो छूट मिलेगी ये भ्रम में मत रहना। 2021 का हमारा मंत्र रहेगा दवाई भी कड़ाई भी: पीएम मोदी pic.twitter.com/a3Mue6c3SO
— ANI_HindiNews (@AHindinews) December 31, 2020
उनले भने, ‘वर्षको यो अन्तिम दिन भारतका लाखौं डाक्टर, स्वास्थ्यकर्मी, सरसफाईकर्मी र अन्य फ्रन्ट लाइन कोरोना वारियर्सलाई याद गर्दै छु । उनीहरुले मानवताको रक्षाका लागि लगातार आफ्नो जीवन दाउमा लगाइरहेका छन् ।’
मोदीले ६ वर्षमा १० नयाँ एक्समा काम सुरु भइसकेको जसमध्ये थुप्रैले अहिले काम पनि गर्न थालिसकेको बताए ।
प्रधानमन्त्रीले कोरोनाको विषयमा भने, ‘मैले अहिलेसम्म भन्दै आएको थिएँ कि जबसम्म दबाई छैन तबसम्म ढिलाई छैन अब फेरि भनिरहेको छु कि दबाई पनि कडाई पनि ।’