अबदेखि निजी प्रयोगशालाले कोरोनाभाइरसको पीसीआर परीक्षण गर्न नपाउने भएको छ । सरकारले निजी प्रयोगशालालाई दिएको पीसीआर परीक्षण गर्ने कार्यलाई तत्कालका लागि रोकेको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले निजी प्रयोगशालाहरूमा कोरोनाभाइरसको पीसीआर परीक्षण गर्ने कार्य तत्कालका लागि स्थगित गरेको जानकारी दिएका हुन् ।
योसँगै अब कोरोना संक्रमित भएका वा आशंका गरिएकाहरुले सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्नुपर्ने भएको छ । कोरोनाभाइरस संक्रमितको संख्या घटिरहँदा सरकारले सो निर्णय गरेको हो ।