जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वसांसद एवं राजदुत कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भिर भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले मृत्युशैय्यामा रहेको मान्छेले झुटो नबोल्ने बताउँदै तसर्थ मृत्युअघि लामाले लेखेका कुरा निकै मार्मिक रहेको बताए । भट्टराइले जतिसुकै तर्क÷कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्ष नेतृत्वमा रहने जुनसुकै व्यक्तिका निम्ति क्षम्य हुनै नसक्ने बताए ।
उनले लेखेका छन्, “जीवनका अन्तिम क्षणमा स्व. कमानसिं लामाको मार्मिक उद्घोष! आदर्श र मूल्यमान्यताको राजनीति गर्नेहरू सबैले यसलाई गम्भीर ढंगले लिऊॅ! बाहिर आदर्शका कुरा र भित्री ढोंगी जीवन जिउनेहरूलाई सबैले चिनौं!
२०४८-५१ सालमा वहाॅ संयुक्त जनमोर्चाको सांसद र म सो वैधानिक पार्टी ( भूमिगत माओवादीको खुला मोर्चा ) को अध्यक्ष छॅदा वहाॅसंग निकट सहकार्य गर्ने अवसर मिलेको थियो।हार्दिक श्रद्धान्जली प्रिय मित्र कमानजी!”