नेपालमा वितेको २४ घन्टामा ८ हजार ९४७ जनाको नमूना परिक्षण गर्दा १ हजार ३८२ जनामा कोरोना संक्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार आज भेटिएका संक्रमितमध्ये पुरुषको संख्या ८३६ र महिलाको संख्या ५४६ रहेको छ ।
योसहित नेपालमा कूल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । जसमध्ये २ लाख २९ हजार ५४ जना कोरोनामुक्त भइसकेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ६२१ जना कोरोनामुक्त भएका हुन् । तथ्यांकलाई विश्लेषण गर्नेहो भने कूल संक्रमितमध्ये निको हुने ९४ दशमलव १ प्रतिशत रहेका छन् ।
आज थप २३ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२३ पुगेको छ ।
मन्त्रालयले अहिलेसम्म १७ लाख ९९ हजार ६८६ जनाको नमूना परिक्षण गरिएको जनाएको छ ।