नेपालमा कोरोना भाइरसको नमूना परिक्षण संख्या घट्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार वितेको २४ घन्टामा ६ हजार ७४ जनाको नमूना परिक्षण गरिएको छ ।
यो संख्या ज्यादै न्यून हो ।
मन्त्रालयका अनुसार ६ हजार ७४ जनाको नमूना परिक्षण गर्दा ६२२ पुरुष र ४०२ महिला गरी १ हजार २४ जनामा कोरोना संक्रमण पाइएको हो ।
योसहित कूल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । जसमध्ये २ लाख २४ हजार ५३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो अवधिमा २ हजार २०६ जना कोरोनामुक्त भएका हुन् ।
आज थप १० जनाको कोरोनाबाट निधन भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको छ ।
मन्त्रालयले अहिलेसम्म १७ लाख ७८ हजार २४ जनाको परिक्षण गरिएको जनाएको छ ।