शनिबारसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर १५ लाख २७ हजार नाघेको छ।
गत सालको डिसेम्बरमा चीनको बुहानमा देखा परेको यो भाइरस छोटो समयमै विश्वभर फैलिएको हो ।
वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ ।
उक्त भाइरसले विश्वभर ६ करोड ६३ लाख ५० हजार भन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये ४ करोड ५९ लाख ३६ हजार भन्दा बढी व्यक्तिहरु उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट १ हजार ५ सय ७७ जनाको मुत्यु भैसकेको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि भारत बढी प्रभावित भएको छ ।
सबैभन्दा बढी संक्रमित रहेका १० मुलुक ।
१. अमेरिका – १४,७७४,१६७
२. भारत – ९,६०८,४१८
३. ब्राजिल – ६,५३४,९५१
४.रुस – २,४३१,७३१
५. फ्रान्स – २,२६८,५५२
६. स्पेन – १,६९९,१४५
७. यु. के- १,६९०,४३२
८. इटाली – १,६८८,९३९
९.अर्जेन्टिना – १,४५४,६३१
१०. कोलोबिया – १,३५२,६०७
३८. मा नेपाल- २३९,८८५