नेपालमा थप १३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार ५५१ पुगेको छ ।
मन्त्रालयका अनुसार वितेको २४ घन्टामा ९ हजार २८९ जनाको नमूना परिक्षण गर्दा ५३४ महिला र ८०९ जना पुरुष गरी जम्मा १ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।
योसहित नेपालमा कूल संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । जसमध्ये २ लाख २० हजार २७२ जना निको भएका छन् । पछिल्लो २४ घन्टामा २ हजार १११ जना निको भएका हुन् ।
मन्त्रालयले अहिलेसम्म १७ लाख ६३ हजार ९१९ जनाको नमूना परिक्षण गरिएको जनाएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ मा झरेको छ ।