पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा ९ हजार ९११ जनाको नमूना परिक्षण गर्दा १ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण पाइएको जनाएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ पुगेकाे छ ।
नेपालमा आजसम्म १७ लाख ३७ हजार ७४७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १ हजार ९३१ जना निको भएसँगैं हालसम्म २ लाख १४ हजार ५२१ जना कोरोनामुक्त भएर घर गइसकेका छन ।
पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या १५०८ पुगेको छ ।