वितेको २४ घन्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट २३ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ४६० जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ७०३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
वितेको २४ घन्टामा १ हजार २३६ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या २ लाख ९ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै २३ जनाले कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाएका छन् । अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार ४५३ पुगेको छ ।
देशभर १७ हजार २३७ सक्रिय सङ्क्रमित छन् । देशभर ६०१ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयले अहिलेसम्म १७ लाख १० हजार ४६० जनाको परिक्षण गरिएको जनाएको छ ।