भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नोभेम्बर २६ र २७ गते अर्थात मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्ने भएका छन् ।
पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर श्रींगलाको नेपाल भ्रमणबारे जानकारी दिएको हो ।
श्रींगलाको भ्रमण नेपाल र भारतबीच उच्च स्तरीय भ्रमणको आदानप्रदानको निरन्तरता भएको मन्त्रालयले जानकारी दिएको छ ।
उक्त भेटले नेपाल र भारत सम्वन्ध थप बलियो हुने पनि परराष्ट्रको विज्ञप्ती उल्लेख छ ।
२ दिने नेपाल भ्रमणमा आउने विदेश सचिवले उच्चस्तरीय नेताहरुलाई पनि भेटघाट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले नेपालाई कोरोना सम्वन्धि केही सहयोग गर्ने जनाइएको छ ।
श्रींगलाले मंसिर १२ गते भारत फर्केनेछन् ।
पछिल्लो समय छिमेकी मुलुक भारतबाट धेरै वाक्लो रुपमा कुटनीटिक भेटघाट हुन थालेको छ । केही समयअगाडी आएका र’अ प्रमुखले प्रधानमन्त्रीलाई भेट्दा कुटनैतिक मर्यादा उल्लंघन भएको भन्दै चर्चा परिचर्चा भएका थिए ।