छिमेकी मुलुक भारतमा कोरोना संक्रमण ९० लाख ६० हजार नाघेको छ ।
शनिबार बेलुकासम्मको तथ्यांकअनुसार भारतमा ९० लाख ६० हजार ३ सय व्यक्तिहरु कोरोना संक्रमित भएका छन् ।
कूल संक्रमितमध्ये १ लाख ३२ हजार ८२२ जनाले ज्यान गुमाएका छन् भने ८४ लाख ७९ हजार ७३५ जना कोरोनामुक्त भएका छन् ।
अहिले भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ४७ हजार ७४३ रहेको छ ।
विश्वभर कोरोना संक्रमित संख्याको आधारमा विश्वकै दोस्रो नम्बरमा रहेको भारतमा छिट्टै नै कोरोना संक्रमितको संख्या १ करोड नाघ्ने अनुमान गरिएको छ ।
१ महिनाअघि दैनिक १ लाखको हाराहारीमा भेटिएका कोरोना संक्रमित पछिल्लो समयमा भने दैनिक ४० देखि ५० हजारको हाराहारीमा भेटिन थालेका छन् ।